काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई फुटबल प्रतियोगितामा नखेलाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ ।
विभागले आज एन्फालाई पत्र पठाउँदै सो निर्देशन दिएको हो ।
हाल एन्फा अन्तर्गत चलिरहेको महिला र पुरुष लिगमा केही क्लबहरूले पर्यटक भिसामा आएका विदेशी खेलाडी राखेको भन्दै विभागमा उजुरी परेको थियो ।
विभागले आजदेखि नै अनुगमन सुरु गरेको र नियम विपरीत खेलाडी खेलाएको पाइएमा कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया