आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

लोकपथ
35
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

आयोगले बिहीबार एक कार्यक्रमका बिच समानुपातिकतर्फका १ सय १० जना सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । 

सांसदहरूलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त द्वय डा.जानुकाकुमारी तुलाधर र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण  गरेका हुन् । 

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । 

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट जितेका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना सांसदलाई भने मत परिणाम सार्वजनिक भए लगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको  थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?