काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज ५४ सयले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४० रुपैयाँमा घटेको हो ।
बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । आज सोही परिमाणको चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया