काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ । उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।
दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरू अनलाइन ठगी, अनलाइन क्यासिनो र अन्य गैर कानुनी काममा संलग्न थिए वा बिना भिसा बसिरहेका थिए ।
उद्धारमा कम्बोडियाको सरकारको सहयोग पनि रहेको थियो । उनीहरूलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको थियो र शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण भयो ।
दूतावासका अनुसार कम्बोडियामा अझै अलपत्र परेकाहरू छन् र उनीहरूलाई पनि सुरक्षित फर्काउन पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया