गगनको राजीनामापछि सचिन तिमल्सेनाले भने– ‘राजीनामा पार्टीको नैतिक जिम्मेवारीको प्रमाण हो’

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले पार्टी सभापतिले चुनावी परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा उनको राजनीतिक उचाइ र नैतिकताको प्रमाण भएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै  उनले यस्तो बताएका हुन् ।

 तिमल्सेनाले पार्टीभित्र मौलाएको मनपरी गठबन्धन, भ्रष्टाचारका आरोप र मूल्यहीन राजनीतिकाविरुद्ध सभापतिले एक्लै संघर्ष गरेको दाबी गरेका छन् । 

उनले नेतृत्वले समयमै कार्यकर्ता र जनताको भावना नबुझ्दा पार्टी यस्तो अवस्थामा पुगेको पनि बताए ।

‘यो हारको जिम्मेवार तपाईँ हुनुहुन्थेन दाइ, हाम्रो पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति थियो। जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध थियो, मनपरी गठबन्धन थियो, भ्रष्टाचारका आरोप थिए, मूल्यहीन राजनीति थियो। जसको विरुद्ध तपाईँले नै लड्नु भयो र निरन्तर सुधारका मुद्दा उठाउनु भयो । तत्कालीन नेतृत्वले समय र जनताको मर्म बुझिदिएको भए विशेष अधिवेशनको आवश्यकता नै पर्ने थिएन,‘उनले लेखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?