कैलालीमा घरायसी विवादका क्रममा गोली हानेर श्रीमतीको हत्या, आफैँमाथि पनि चलाए बन्दुक

लोकपथ
112
Shares

धनगढी । कैलालीमा घरायसी विवादका क्रममा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको  हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले घटनाबारे जानकारी दिँदै भने,‘ घरायसी विवाद भएपछि रामबहादुरले आफूसँग भएको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीको हत्या गरेका हुन्।’

हत्या पछि उनले आफैँलाई पनि गोली हानेका थिए । आफैँले हानेको गोलीबाट गम्भीर घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?