काठमाडौं । भारतीय राजधानी दिल्लीको पालम क्षेत्रमा बुधबार भएको भीषण आगलागीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्थानीय राम चोक बजारमा रहेको चारतले भवनभित्रको कपडा र कस्मेटिक्स पसलबाट आगलागी सुरु भएको थियो ।
वरिष्ठ प्रहरी अधिकारी अभिमन्यु पोसवालका अनुसार मृतकमा दुई पुरुष, चार महिला र तीन बालबालिका रहेका छन् । प्रहरी र फरेन्सिक टोलीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रिया सुरु गरिएको छ ।
पोलिसका अनुसार भवनको दोस्रो र तेस्रो तल्ला आवासीय इकाइका रूपमा प्रयोग हुँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया