सन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने

लोकपथ
77
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने बेल्जियममा हुने इयू टी–२० लिग खेल्ने भएका छन् ।

उनी लिइज रेड लायन्स टोलीमा आबद्ध भएका हुन् । क्लबले उनलाई ड्राफ्टअघि नै प्रि–साइन गरेको जनाएको छ । यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन र शोएब मालिकलाई पनि भित्र्याइसकेको छ ।

क्लबले सन्दीपलाई ‘मिस्ट्री स्पिनरभन्दै स्वागत गरेको छ । उनका गुग्ली बलले टोलीलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।

इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । बेल्जियन क्रिकेट फेडरेसन र डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीको सहकार्यमा हुने यो प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?