काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापाले २१ फागुनमा भएको चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनले राजीनामाको तयारी गरेका थिए, यद्यपि पार्टीका विभिन्न तहका नेताहरूले उनलाई निर्णय पुनर्विचार गर्न सुझाव र दबाब दिएका थिए ।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले झन्डै दुई तिहाइ सिट हासिल गर्दा दोस्रो स्थानमा सीमित भएको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै प्राप्त गरेको छ ।
थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे अन्तिम निर्णय भने पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ । बैठक शुक्रबारका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया