सङ्खुवासभा । सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मकालु गाउँपालिका-१ की २८ वर्षीया सरु राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा समस्या जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार शल्यक्रियापछि राईमा अत्यधिक रक्तश्राव देखिएपछि तत्काल उद्धारको व्यवस्था गरिएको हो। उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा आज बिहान उद्धार गरिएको हो ।
जिल्ला अस्पतालका प्रमुख सन्तोष देवले सुत्केरी राईको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि काठमाडौंस्थित थापाथली प्रसूति गृहमा पठाइएको जानकारी दिए ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था अनुसार उनलाई उद्धार गरिएको हो। हवाई उद्धार कार्यविधि २०७७ अनुसार चालु आर्थिक वर्षमा जिल्लाबाट एक दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया