काठमाडौं । ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ बाट निर्वाचन आयुक्त सगुनप्रसाद जबरा सम्माानित भएका छन् ।
भुतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ ।
उनलाई घोडेजात्राको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गरेका हुन् ।
जबराले ३० वर्ष नेपाली सेनामा योगदान गरेका जबरा महासेनानी दर्जाबाट अवकास भएका थिए । जबराले आफ्नो सेवाकालमा तथा निवृत्तिपछि पनि राष्ट्रप्रति समर्पित रहँदै समाजमा महत्वपूर्ण योगदान पुर्याएको, अनुशासन, नेतृत्व तथा सेवाभावमा उदाहरणीय भुमिका निर्वाह गरेको आधारमा सम्मानित गरिएको सेनाले जनाएको छ ।
यस्तो सम्मानमार्फत भूतपूर्व सैनिकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिएको सेनाको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया