काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक शुक्रबार दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको जानकारी दिएका छन् ।
बैठकमा आगामी निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया