काठमाडौं । बुधबार खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा एक जना घाइते भएका छन् ।
बुधबार (आज) जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकप्टर दुर्घटनाग्रस्त बनेको थियो ।
उक्त हेलिकप्टरमा त्यहीका स्थानीय डाकमणी राईको परिवार सवार रहेको थियो । बारीको पाटामा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनाग्रस्त बनेको गाउँपालिका अध्यक्ष गुरुराज राईले लोकपथलाई जानकारी दिए ।
‘त्यहाँकै स्थानीय डाकमणी राईको परिवार सवार हेलिकप्टर दुर्घटनामा परेको हो । एक जनाको खुट्टा भाँच्चिएको छ । उहाँलाई अर्को हेलिकप्टरमा राखेर अस्पताल लगिएको छ,’ गाउँपालिका उपाध्यक्ष राईले भने ।
उनका अनुसार हेकिप्टरमा सवार डाकमणी राईकी श्रीमतीको बेलायतमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि हेलिकप्टर लिएर गाउँ पुगेका थिए । शव गाडीबाट गाउँ पुग्दै थियो, तर हेलिकप्टर दुर्घटनामा परेको हो ।
‘गाडीमा डाकमणी राईको श्रीमतीको शव ल्याइँदै थियो, तर अन्तिम संस्कारका लागि आएका परिवारका सदस्य सवार हेलिकप्टर दुर्घटनामा पर्यो,’ उनले भने ।
गाउँको माझमा हेलिकप्टर दुर्घटना भएको हुँदा स्थानीयहरुको सहयोगमा हेलिकप्टरमा सवारहरुको उद्धार गरिएको छ ।
दुर्घटनाग्रस्त उक्त हेलिकप्टर एयर डाइनेस्टीको हो । त्यहाँ एक पाइलटसहित अन्य ५ जना सवार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया