खोटाङमा हेलिकोप्टर दुर्घटना 

लोकपथ
938
Shares

काठमाडौं । खोटाङमा हेलिकोप्टर दुर्घटना भएको छ । 

बुधबार (आज) जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको हो । 

काठमाडौंबाट यात्रु लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए । 

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षति नभएको जानकारी आएको बताइन् ।

*यसअघि भुलवस अन्यथा पर्न गएकोमा क्षमायाचनासहित सच्याएका छौँ । -सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?