२२ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
371
Shares

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  २२ सयले घटेर  ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको  मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय ८५ रुपैयाँले घटेको हो ।

हिजो मंगलबार ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी  आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?