ट्रम्पले भने– ‘अमेरिका इरानसँगको द्वन्द्व अन्त्य गर्न तयार छैन’

लोकपथ
119
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न तयार नभएको बताएका छन् । 

उनले आफूहरू अहिल्यै छोड्न तयार नरहेको तर निकट भविष्यमा युद्ध अन्त्य हुने बताए । इरानसँगको द्वन्द्वपछिको अवस्था (डे–आफ्टर) को लागि ह्वाइट हाउससँग कुनै योजना छ कि छैन भनेर पत्रकारले सोधिएको प्रश्नमा ट्रम्पले कुनै विस्तृत विवरण दिएनन् । 

उनले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठुलो मात्रामा आक्रमण सुरु गरेदेखि इरान हरेक दृष्टिकोणबाट तहसनहस भएको बताए । 

इरानलाई पुनर्निर्माण गर्न एक दशक लाग्ने उनको भनाइ छ  । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै यदि इरानमा अमेरिकी स्थल सेना पठाएको खण्डमा अमेरिकाको लागि अर्को भियतनाम युद्ध जस्तो बन्नसक्ने कुरामा आफूलाई कुनै डर नभएको  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?