काठमाडौं । ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया