जनकपुरधाम । जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी करिब पूरा भएको छ ।
जिल्ला क्रिकेट संघ धनुषाले आज (मंगलबार) यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही चैत ७ देखि हुने प्रतियोगिताको सबैजसो तयारी भएको जानकारी दिइएको हो ।
एक दिवसीय प्रतियोगितामा नेपालका सात प्रदेशका सात टोली तथा तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने संघका अध्यक्ष गुड्डु पाण्डेले जानकारी दिए ।
प्रदेश राजधानी जनकपुरधाममा उद्घाटन खेल र फाइनल खेल पर्साको नारायणी रंगशालामा हुने जनाइएको छ । यस्तै, १९ वटा खेल नारायणी रंगशालामा र १० खेल काठमाडौंमा हुने अध्यक्ष पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया