रास्वपालाई चिनियाँ कम्युनिष्ट पार्टीको बधाई, मिलेर काम गर्ने प्रतिबद्धता

लोकपथ
350
Shares

काठमाडौं । हालैको निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको शक्ति प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले बधाई दिएको छ ।

सीपीसीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले बधाईको सन्देश पठाएको रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले जानकारी दिए ।

खनालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले आगामी दिनमा दुई राजनीतिक शक्तिबिच सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरेको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक औपचारिक पत्र पठाउँदै बधाई तथा आत्मीय शुभकामना व्यक्त गरेको छ । उक्त सन्देशमार्फत चिनियाँ कम्युनिष्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ,’ खनालले भनेका छन् ।

प्राप्त पत्रमा चीन र नेपालबिचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्याइएको छ ।

साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उनीहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको रास्वपाको दाबी छ ।

त्यस्तै रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको शिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने समते जनाएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ,’ खनालले भनेका छन् ।

सीपीसीले रास्वपालाई पठाएको पत्रमा भनिएको छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?