हत्याको अभियोगमा बुबा पक्राउ, छोरा फरार

लोकपथ
84
Shares

काठमाडौं ।  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । 

अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच, बुढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटेलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई पक्राउ गरिएको छ । 

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई नगद एक लाख ९० हजारसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?