सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले आफूले सांसदका रूपमा पाउने तलब नलिने बताएका छन् । 

रास्वपाले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने बताएका हुन् । 

उनले आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट सुविधा लिन आवश्यक नरहेको बताए । 

उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु ।’  

गुरुङले संसद्मा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको पक्षमा काम गर्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?