काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जनतामा रहेको विकास निर्माणको तीव्र चाहनालाई समातेर अघि बढ्नुपर्ने बताएका छन् ।
आजदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशले विकास निर्माणमा ‘क्याच अप’ गर्नुपर्ने आवश्यकता बताए ।
उनले भने, ‘विकास निर्माणमा क्याच अप गर्नुपर्ने छ। जनतामा रहेको विकासको हुटहुटीलाई ध्यानमा राखेर काम गर्नुपर्छ ।’
वाग्लेले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नभई समग्र प्रणाली परिवर्तनको लक्ष्यसहित आएको स्पष्ट पार्दै त्यसतर्फ गम्भीर बन्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया