काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
अघिल्ला दिन ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । भने आज सोही परिमाणको चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया