काठमाडौंसहित देशभर तापक्रम घट्यो, जुम्लामा शून्य डिग्रीभन्दा तल

लोकपथ
49
Shares

काठमाडौं । देशभर वर्षा र हिमपातसँगै तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा पनि पछिल्ला दुई दिनमा तापक्रममा गिरावट आएको हो  ।

मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ । सोमबार यो १० डिग्री र आइतबार १३.८ डिग्री थियो । फागुन महिनामा तापक्रम क्रमिक रूपमा बढ्दै गएको थियो, तर वर्षासँगै फेरि घटेको हो ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घटेको छ । जुम्लामा ०.८ डिग्री, ओखलढुंगामा ५.३, डडेलधुरामा ७.१, दिपायल र ताप्लेजुङमा ८, पोखरामा ९.६, र धनकुटामा १०.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ र पछिल्लो २४ घण्टामा धेरै ठाउँमा मध्यम वर्षा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?