काठमाडौं । इजरायली सेनाले (आईडीएफ) इरानबाट प्रक्षेपित मिसाइलहरू आफ्नो सीमा तर्फ आइरहेको जानकारी दिँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन सचेत गराएको छ ।
सेनाले टेलिग्राममार्फत जारी गरेको आपत्कालीन सूचनामा भनिएको छ, ‘खतरालाई रोक्न रक्षा प्रणाली सक्रिय पारिएको छ ।’
यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले पनि इरानबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणको जोखिम बढेपछि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । सरकारी समाचार एजेन्सीका अनुसार, उड्डयन अधिकारीहरूले असाधारण सावधानीका उपाय अन्तर्गत यो निर्णय लिएको बताएका छन् ।
युएईको हवाई रक्षा प्रणालीले सम्भावित मिसाइल र ड्रोन खतरा रोक्न सक्रिय भूमिका खेलिरहेको बताइएको छ । यस घटनाले मध्यपूर्वमा सुरक्षा तनावलाई थप बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया