काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरूलाई नेपालको सद्भावना दूतको रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छन् ।
काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ ९एनआरएनए०को कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिस्थितिले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले भने, ‘गैरआवासीय नेपालीहरू वास्तवमा नेपालको सद्भावना दूत हुनुहुन्छ। तपाईँहरूको आचरण, व्यवहार र योगदानमार्फत विश्वमा नेपाल कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा निर्भर हुन्छ। तपाईँ जहाँ बस्नुहुन्छ त्यहाँ नेपालको गौरव र संस्कृतिको प्रवर्द्धन गर्दै आएकोमा म गर्व गर्दछु ।’
उनले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै मातृभूमिप्रति योगदान गर्न पनि आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै गैरआवासीय नागरिकका हक, हित र अधिकारको सुरक्षा गरिरहन सुझाव दिइन् ।
एनआरएनएको महाधिवेशनलाई नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गर्ने महत्वपूर्ण पहल भएको प्रधानमन्त्रीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया