जो ३० वर्ष भन्दा कम उमेरमा समानुपातिक सांसद बने, अधिकांश रास्वपाबाट

लोकपथ
126
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सांसदहरुको सूची सार्वजनिक गरेको छ । ११० जना समानुपातिक सांसदहरुमध्ये धेरै युवा उमेरका समेत व्यक्तिहरुले सांसद बन्ने अवसर पाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ जना सांसद जो ३० वर्ष वा सो भन्दा कम उमेरमा नै सांसद बनेका छन् ।

आयोगबाट सार्वजनिक तथ्यांक अनुसार त्यसमा १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रहेका छन् । नेपाली कांग्रेसबाट एक जना र श्रम संस्कृति पार्टीबाट एक जना समानुपातिक सांसद जो ३० वर्ष भन्दा कम उमेरमा बनेका छन् । तर अन्य दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाबाट भने ३० वर्षभन्दा कम उमेरका सांसदहरु शून्य रहेका छन् ।

रास्वपाबाट को–को छन् ?
अनुष्का श्रेष्ठ– २९ वर्ष
एलिजा गुरुङ– ३० वर्ष
श्रद्धाकुँवर क्षेत्री– २७ वर्ष
क्रान्तिशिखा धिताल– २९ वर्ष
आकृति अवस्थी– २७ वर्ष
सृष्टी भट्टराई– २७ वर्ष
सीता वादी– ३० वर्ष
स्मृती सेन्चुरी– २६ वर्ष
खिमा विक– २७ वर्ष
करिस्मा कठरिया थारु– २८ वर्ष
पुरुषोत्तम शुभप्रभात यादव– २७ वर्ष
अंकिता ठाकुर– ३० वर्ष

नेपाली कांग्रेस
गीता गुरुङ– ३० वर्ष

श्रम संस्कृति पार्टी
रुवी कुमारी–२५ वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?