रास्वपाको अभिमुखीकरणमा कडा नियम– ‘मोबाइल निषेध, साथी वा आफन्त लैजान नपाइने’

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई अभिमुखीकरण गर्दैछ ।

रास्वपाले मंगलबार र बुधबार (चैत ३ र ४ गते) ललितपुरको ग्वार्कोमा अभिमुखीकरण गर्न लागेको हो ।

अभिमुखीकरणमा जाने सांसदहरुका लागि कडा नियम बनाइएको छ । अभिमुखीकरण हलमा मोबाइल लैजान नपाइनेदेखि अन्य व्यक्ति, परिवारका सदस्य, साथी तथा अथिति लैजान समेत नपाइने घोषणा गरेको छ ।

‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ,’ रास्वपाले भनेको छ, ‘कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ, परिवारका सदस्य, साथी तथा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ ।’

त्यस्तै अभिमुखीकरणका लागि आउने सांसदहरुको सवारी साधन समेत होटल परिसर भन्दा बाहिर पार्किङ गर्न भनिएको छ । भोजन तथा चालकको आवासको व्यवस्था सांसदहरुले नै गर्नु पर्ने भए पनि सांसदहरुको हकमा पार्टीले नै खाने बस्ने व्यवस्था गरेको छ ।

रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?