काठमाडौं । प्रहरीले हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने २ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नागार्जुन नगरपालिकाको भीमढुङ्गाबाट १ करोड १६ लाख नगद रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भीमढुंगाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षका प्रमोद प्रसाद धिताल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरुको साथबाट विभिन्न सामग्रीहरु समेत बरामद गरिएको छ ।
एसपी भट्टराईका अनुसार उनीहरुको साथबाट ३ थान चेकबुक, २ व्यक्तिको नाममा काटेका २७ लाख ३० हजार रुपैयाँको चेकबुक ३ थान, २ वटा चारपाङ्ग्रे र एउटा दुई पाङ्ग्रे सवारीसाधन एउटा समेत बरामद गरिएको छ ।
त्यस्तै उनीहरुको साथबाट ६ वटा मोबाइल र ३१ थान एनसेल र एनटीसीको सिम समेत बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया