नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

लोकपथ
42
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक २६.०७ अङ्कले घटेर दुई हजार ७९८.८३ को बिन्दुमा कायम भएको हो । यो ०.९२ प्रतिशतको गिरावट हो ।

आज ३४५ कम्पनीको तीन करोड सात लाख ९० हजार २११ कित्ता शेयर एक लाख दुई हजार ७५९ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.२५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ १.६१, विकास बैङ्क ०.८४, वित्त ०.७१, होटल तथा पर्यटन ०.२६, जलविद्युत् ०.६१, लगानी १.५२ र जीवन बिमा समूह ०.९४ प्रतिशतले घटेको छ । लघुवित्त ०.९५, म्युचुअल फन्ड ०.४६, निर्जीवन बिमा ०.४५, व्यापार १.०९ र अन्य समूह १.०९ प्रतिशतले घटेको छ ।

भने सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिद्धार्थ इक्विटी फन्डको शेयर मूल्य ४.३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका रु ६८ करोड ७७ लाख २४ हजार ७६१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको २२ लाख ७२ हजार २४५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?