ईनिशा विकको न्यायका लागि आज पनि माइतीघरमा प्रदर्शन

लोकपथ
14
Shares

काठमाडौं । ईनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि विरोध प्रदर्शन भएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

ईनिशा विकको न्यायका लागि भन्दै दिनहुँजसो माइतीघरमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीहरूले ‘ईनिशा विकलाई न्याय दे’, ‘दोषीलाई उम्काउन पाइँदैन’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

शान्तिपूर्ण रूपमा भेला भएका प्रदर्शनकारीहरूले राज्य प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?