इरानमाथिको आक्रमणकोविरुद्ध अष्ट्रेलियामा प्रदर्शन

लोकपथ
56
Shares

काठमाडौं । अमेरिका र इजरायलले हालै इरानमाथि गरेको आक्रमणले विश्वको ध्यान खिचेको छ ।

धेरै देशहरुले त्यसको विरोध समेत जनाइरहेका छन् । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणको अष्ट्रेलियामा विरोध भएको छ ।

अष्ट्रेलियाको सिड्नी टाउन हल नजिकै सयौँ मानिसहरू भेला भएर र्‍याली र प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले ‘इरानलाई छोडिदेऊ’ जस्ता नारा लगाउँदै द्वन्द्व अन्त्य गर्न र सरकारहरूलाई कुटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए । कुनै पनि युद्ध हुनु नहुने उनीहरुको भनाइ छ ।

विद्यालय, अस्पताल र नागरिक क्षेत्रहरूलाई लक्षित गर्ने कुनै बम प्रहार हुनु नहुने प्रदर्शनकारीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?