धनुषा–१ : साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृकालाई राहत

लोकपथ
126
Shares

काठमाडौं । धनुषा–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी शाह ‘कमल’ को माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चको आदेशसँगै यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम भएको छ । त्यसअनुसार नेकपाका उम्मेदवार मातृका यादवको प्रतिनिधि सभा सदस्य पद जोगिएको छ ।

आयोगले निर्वाचनको दुई दिनअघि साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगले उम्मेदवारी खारेज गरिदिए पनि मतपत्र छापिइसकेपछिको अवस्थामा साहकै पक्षमा धेरै मत परेको थियो । तर आयोगले साहको उम्मेदवारी खारेज भएको भन्दै दोस्रो मत प्राप्त गरेका यादवलाई मान्यता दिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च गएका साहले माग गरेबमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो ।

त्यसो त आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै साहले दिएको अर्को रिटमाथि सुनुवाइ हुन बाँकी रहेको छ । उक्त फैसलापछि मात्रै त्यहाँका टुंगो लाग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?