हायत होटल लुट्ने दुई जना पक्राउ, दुवैमाथि यसअघि नै दर्ता छ गम्भीर अपराधका मुद्दा

लोकपथ
210
Shares

काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनका क्रममा बौद्धस्थित हायत होटले तोडफोड र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रेका ३७ वर्षीय कुले भनिने कुलध्वज लामा र काभ्रेकै ३७ वर्षीय कोरियन भनिने राकेश लामा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई दुवैलाई शनिबार बौद्धबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै पटके अपराधी रहेको प्रहरीले जनाएको छ । काठमाडौं परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कुलेविरुद्ध यसअघि नै ५ वटा र अर्का कोरियनविरुद्ध ७ वटा मुद्दा यसअघि नै दर्ता भइसकेको छ ।

‘निज कुले भन्ने कुलध्वज लामाविरुद्ध यसपूर्व समेत विभिन्न मितिमा केही सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा ५ वटा मुद्दा दर्ता भएको र कोरियन भन्ने राकेश लामाविरुद्ध केही सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार कसुरमा ७ वटा मुद्दा दर्ता भएको देखिन्छ,’ एसपी भट्टराईले भने ।

भदौ २४ को जेनजी आन्दोलनका क्रममा देशमा मुख्य व्यापारिक केन्द्र तथा अन्य भवनहरुमा आगजनी र लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?