कांग्रेस महाधिवेशन विवादसम्बन्धी रिट आज हेर्न नभ्याइने

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाविरुद्ध शेरबहादुर देउवाले दायर गरेको रिटमा आज (आइतबार) पनि सुनुवाइ नहुने भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नभ्याइने भएपछि सुनुवाइ नहुने भएको हो । 

आजका लागि इजलासको अन्तिम (२२औँ नम्बर) मा पेशी तोकिएको थियो । 

माघ २ गते निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई सभापतिको मान्यता दिएपछि देउवाले सर्वोच्चमा माघ ४ गते रिट निवेदन दिएका थिए ।

प्रतिनिधिसभाको उम्मेदवारी दर्ताको दिन माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो । 

रिट निवेदनमा कांग्रेस नेता देउवा र कार्यवाहक  सभापति पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भंग गर्न माग गरिएको छ ।

देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?