काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम सार्वजनिक गरेको छ ।
धरानमा आज बसेको केन्द्रीय समिति बैठकले समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने ४ जनाको नाम टुंगो लगाएको हो ।
पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलातर्फ अम्बिकादेवी संग्रौला, दलित महिलातर्फ राधिका रम्तेल र मधेसी महिलातर्फ रुवीकुमारी ठाकुरको नाम सिफारिस गरेको जनाएको छ।
यसअघि सम्पन्न निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । पार्टीले समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पठाउने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया