रास्वपाको समानुपातिक सूची : ४८ महिला र ९ पुरुष, कुन ‘क्लस्टर’बाट कति ?

लोकपथ
917
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकको सूची टुंगो लगाएको छ ।

पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले समानुपातिकको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा समेत ५७ सिट जितेको छ । त्यसअनुसार रास्वपाले ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकका विभिन्न क्लस्टरमा राखेर निर्वाचन आयोगमा नाम बुझाउन लागेको हो ।

प्रवक्ता झाका अनुसार खसआर्य १७ जना, जनजाती १६ जना, मधेशी ९ जना, दलित ८ जना, मुस्लिम ३ जना, थारु ४ जनालाई समानुपातिकको सूचीमा रहेका छन् ।

त्यसमा विधि र प्रक्रियामा टेकेर आफूहरुले निर्वाचन आयोगमा आजै बुझाउने तयारी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?