पाल्पामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा जिप र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक माथा गढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको पिक अप जिप र विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा मगर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका मगरको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?