काठमाडौं । काठमाडौंको जय नेपाल हल नजिकबाट स्रोत नखुलेको रकमसहित दुई युवक पक्राउ परेका छन् । उनीहरूबाट स्रोत नखुलेको १० लाख ६३ हजार ८४० रुपैयाँ बरामद भएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार, हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२–५२ प ६९९४ नम्बरको स्कुटर रोकेर उनीहरूलाई पक्राउ गरिएको हो । खानतलासी गर्दा स्रोत नखुलेको नगद भेटिएपछि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया