भावी प्रधानमन्त्रीले जथाभावी निर्णय गरे सदन र सडक दुवै तताउँछु : हर्क साम्पाङ

लोकपथ
56
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भावी प्रधानमन्त्रीले जथाभावी निर्णय गरेमा सदन र सडक दुवै तताउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारण सार्वजनिक गदै उनले यस्तो चेतावनी दिएका हुन् ।

बालेन शाहलाई लक्षित गर्दे उनले भावी प्रधानमन्त्रीले जथाभावी निर्णय गरे सदन र सडक दुवै तताउने बताए ।

उनले भनेका छन्, ‘यदि प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गर्छ भने सदन र सडक दुवै तताउने काम म गर्नेछु । जय जनता ! जय लोकतन्त्र !!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?