प्रचण्डद्वारा घरदैलो अभियान शुरु

चितवन, २३ कात्तिक – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि घरदैलो अभियान शुरु गरेका छन् भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उनले घरदैलो अभियान शुरु गरेका हुन् घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो गरिन् अर्की ज्येष्ठ नागरिक मुनि न्यौपानेले नाम मात्र सुनेको ‘प्रचण्ड’लाई भेट्न पाउँदा खुसी लागेको बताए घर दैलोका क्रममा अन्यले पनि जंगली जनावर र खोलाको त्रास हटाई दिन उनलाई आग्रह गरेका थिए सो क्रममा अध्यक्ष दाहालले आधुनिक मेस र जाली निर्माण गर्ने तथा तटबन्ध गरेर नदि कटान रोक्ने आश्वासन दिए कात्तिक २७ गतेसम्म चितवन रहने अध्यक्ष दाहालले नियमित घरदैलो अभियान र सभा, सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ घरदैलो अभियान शुरु गर्नु अघि अध्यक्ष दाहालले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटनसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?