४८ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो 

लोकपथ
336
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला  ४ हजार ८ सय रुपैयाँले घटेको हो  । 

शुक्रबार  ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४८ सयले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार  भएको महासंघले जनाएको छ । 

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी २२५ रुपैयाँले घटेको हो । 

अघिल्लो दिन ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?