चैतका लागि वाणिज्य बैंकहरुद्वारा नयाँ ब्याजदर सार्वजनिक : ६ वटाले घटाए, १४ को स्थिर

लोकपथ
154
Shares

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरुले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ ।

फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा ब्याजदर थियो । चैत महिनाका लागि भने बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ । 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाउँदा १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउने बैंकहरुमा कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?