काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र फैलिँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका बेला एक–अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय भएको बताए ।
उनले भनेका छन्,‘एमालेको एकता जोगाउने, पार्टीलाई बहु आयामिक रूपान्तरण गर्ने र गुमेको जनविश्वास पुनः प्राप्त गर्ने जिम्मेवारी सबै कार्यकर्ताको प्राथमिक कर्तव्य हो । त्यसका लागि उपयुक्त समयमा विधि र प्रक्रियामार्फत तथ्य र तर्कसहित छलफल र बहस गर्नुपर्छ ।’
साथै उनले सामाजिक सञ्जालमा फैलाइने मिसइन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पिच बन्द गर्न आग्रह गर्दै आत्मभत्सर्ना होइन, गम्भीर आत्म समीक्षा आवश्यक रहेकोमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया