काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले चुनावमा ठूलो मतान्तरले पराजित हुनुलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु गलत भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताले मतपत्रमार्फत स्पष्ट सन्देश दिइसकेपछि पनि त्यसलाई स्वीकार गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उल्लेख गरेका छन् ।
उनले ४०–५० हजार मतान्तरको हारलाई ‘फसाइएको’ भन्नु जनताको विवेकको अपमान हुने बताए ।
उनले भनेका छन्, ‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया