प्रधानमन्त्री बन्नु अघि नै बालेनले सार्वजनिक गरे ‘प्रधानमन्त्री’को इमेल 

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पद सम्हाल्ने तयारीका बीच आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’ शीर्षकको इमेल सार्वजनिक गरेका छन् ।

अझ औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त नभइसकेकै अवस्थामा उनले फेसबुकमा [email protected]‘ नामको इमेल समावेश गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले सुविधाजनक बहुमत हासिल गरेसँगै शाह नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । पार्टीले विधान संशोधन गरी उनलाई संसदीय दलको नेता चयन गर्ने तयारीसमेत गरेको बताइएको छ ।

निर्वाचन आयोगले पूर्ण नतिजा सार्वजनिक गरिसकेको अवस्थामा अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?