रास्वपाको सचिवालय बैठक आज, समानुपातिक सांसद सिफारिस र दलको नेता चयनमा छलफल

लोकपथ
77
Shares

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक बिहान १० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बताइएको छ । 

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका सांसद उम्मेदवार सिफारिस गर्ने विषयमा छलफल हुने छ ।

यस्तै, पार्टीका वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक प्रक्रिया अघि बढाउनेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

समानुपातिकतर्फ प्राप्त मतका आधारमा रास्वपाले ५७ सिट पाउने देखिएको छ । प्रत्यक्षतर्फ १८२ सिट जितेसँगै प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद रहनेछन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूको नामावली बुझाउन आजसम्मको समय दिएको छ ।

यसअघि शनिबार बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?