समानुपातिक सांसदको नाम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालयका अनुसार  बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट कांग्रेसले प्राप्त गरेको २० सिटका लागि प्रतिनिधि सभा सदस्यहरूको नाम छनोट गर्न बैठक केन्द्रित हुने जनाइएको छ ।

पार्टीका अनुसार समावेशिता र प्राथमिकताका आधारमा बन्दसूचीभित्रका उम्मेदवारहरूबाट प्रतिनिधि छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?