मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ६ जनाको मृत्यु

लोकपथ
0
Shares

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१-००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । 

माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?