काठमाडौं । चन्द्रागिरिमा शान्ति, आनन्द र आध्यात्मिक निष्ठा बढाउने उद्देश्यले विन्ध्यवासिनी आध्यात्मिक संघले चैत्र ५ देखि १४ गतेसम्म महायज्ञ आयोजना गरेको छ ।
संघका प्रतिनिधिहरूका अनुसार महायज्ञमा श्रीमद्देवीभागवत पाठ, कथावाचन, नवग्रह शान्ति अनुष्ठान, नौ लाख श्रीसूक्त जप–हवन, शतचण्डी अनुष्ठान र १३३१ आवृत्तिको महारुद्र अनुष्ठानसमेत समावेश गरिएको छ ।

यी अनुष्ठानले व्यक्तिगत, पारिवारिक, राष्ट्रिय र विश्वस्तरमा अनिष्टकारी शक्तिको निवारण, आध्यात्मिक ऊर्जा सृजन, आर्थिक समृद्धि र शान्ति ल्याउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।

संघले सबै पत्रकार, धर्मप्रेमी, श्रद्धालु र महानुभावहरूलाई महायज्ञमा सहभागी भएर जनमानसमा शान्ति फैलाउन हार्दिक आमन्त्रण गरेको छ। विशेष रूपमा यो महायज्ञ देशका शहीदहरूको सम्झनामा आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया